कर्णाली । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निष्कर्ष निकालेको छ । पार्टीको कर्णाली प्रदेश समिति कार्यालयको विस्तारित बैठकले आफ्नै नेतृत्वमा सरकार गठन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
माओवादीले संघीय सरकार निर्माणको सन्दर्भमा पहिलो कार्यकाल आफ्नै पार्टीको नेतृत्वमा सरकार गठनको लागि अधिकतम पहल गर्न पनि माग गरेको छ ।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश सरकार निर्माणको सन्दर्भमा हालै सम्पन्न निर्वाचनको परिणाम अनुसार तुलनात्मक रुपले कर्णाली प्रदेश सभामा हाम्रो पार्टीको उपस्थिति बलियो रहेको गठबन्धनको निर्णय अनुसार प्रतिनिधिसभामा हामीले पाएको ५ सिट मध्ये सिट ४ र प्रदेशसभामा पाएको १० सिट मध्ये ९ सिटमा हाम्रो पार्टीका उम्मेदवार विजयी भएको २०७४ सालको निर्वाचनको तुलनामा कर्णाली प्रदेशमा पार्टीको समानुपातिक मत पनि वृद्धि भएको अवस्थामा यस प्रदेशमा हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन गर्नुपर्ने।’