इलाम–१ मा पुनः मतदानको माग गर्दै झलनाथ खनालद्वारा सर्वोच्चमा रिट दायर



काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले निर्वाचन सम्पन्न भएको २३ दिनपछि इलाम क्षेत्र नम्बर १ मा पुनः मतदान गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

निर्वाचन अधिकृतले घोषणा गरेको परिणाम बदर गरी पुनः मतदान गर्न माग गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका खनाल आज (मंगलबार) सर्वोच्चमा रिट दायर गरेका हुन् ।


सर्वोच्चमा खनालको तर्फट बारिट दायर भएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए । उनका अनुसार रिट संवैधानिक इजलासमा दायर भएको छ ।

४ मंसिरमा सम्पन्न निर्वाचनमा खनाल नेकपा एमालेका महेश बस्नेतसँग २ हजार ६६४ मतले पराजित भएका थिए । खनालले २३ हजार ८९ मत पाउँदा २५ हजार ७५३ मतका साथ एमालेका बस्नेत विजयी भएका थिए ।