इन्डोनेसियामा शक्तिशाली भूकम्प



इन्डोनेसियाको जाभा टापुमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा एक जना घाइते भएका छन् ।

भूकम्पको गहिराई ११२ किलोमिटर (७० माइल) थियो । भूकम्पको केन्द्रबिन्दु पश्चिम जाभा सहर बञ्जरबाट १८ किलोमिटर दक्षिणपूर्वमा रहेको संयुक्त राज्यको भूगर्भ सर्वेक्षणले जनाएको छ । इन्डोनेसियाको मौसम विज्ञान निकाय बीएमकेजीले भूकम्प ६ दशमलब ४ म्याग्निच्युडको रहेको जनाएको छ ।


भूकम्प राजधानी क्वालालम्पुरसहित विभिन्न क्षेत्रमा महसुस गरिएको थियो । इन्डोनेसियामा बारम्बार भूकम्प जाने गर्छ । गत महिना गएको विनाशकारी भूकम्पका कारण सहरमा ३३ सयभन्दा बढीको मृत्यु भएको थियो । भूकम्पले पुर्याएको क्षतिको पूर्ण विवरण भने आएको छैन ।