काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले सरकारविरुद्ध प्रदर्शन गरेको छ। अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीले अपराधीहरुलाई अध्यादेश ल्याएर उन्मुक्ति दिन लागेको भन्दै क्याम्पस अगाडि प्रदर्शन गरेको हो ।
सरकारले कानुनी राज्यको धज्जी उडाउँदै संविधानमाथि ठाडो हस्तक्षेप गरेको अनेरास्ववियुको आरोप लगाएको छ प्रदर्शनपछि घण्टाघर अगाडि आयोजित कोणसभामा विद्यार्थी नेताहरुले अपराधीहरुलाई छुटाउन अध्यादेशको सहारा लिन खोजेको भन्दै सरकारको आलोचना गरेका थिइ ।
उनीहरुले रेशम चौधरीको बहानामा कांग्रेस नेता मोहम्मद अफ्ताव आलमलाई छुटाउन खोजिएको आशंकासमेत गरेका छन् । आइतबार साँझ अध्यादेश राष्ट्रपति कार्यालय पठाइएको छ । प्रतिनिधिसभाको निर्वाचन भई परिणाम अन्तिम हुन लागिरहेका बेला सरकारले अध्यादेश सिफारिस गरेको हो ।