काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटार सरेका छन् ।
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दिउँसो सरकारी निवास छाडेपछि प्रधानमन्त्री प्रचण्ड साँझ बालुवाटार सरेका हुन् ।
देउवा भाडाको घर खोजेर बुधबार बिहान मात्र बालुवाटारबाट धुम्बाराहीमा सरेका थिए ।