काठमाडौँ । प्रतिनिधि सभाका १७ जना सांसद आज (बिहीबार) शपथ ग्रहण समारोहमा अनुपस्थित भएका छन् ।
१७ जना सांसद शपथ ग्रहण समारोहमा अनुपस्थित भएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे पुष्टि गरे । उनका अनुसार अनुपस्थिति सांसदहरुको शपथ पछि हुनेछ । संसद भवनमा उपस्थिति सांसदहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले शपथ गराएका हुन् ।
प्रतिनिधिसभाका नव निर्वाचित सांसदहरुले १४ वटा मात्रृभाषामा शपथ ग्रहण गरेका छन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा शपथ गराएका हुन् । सांसदहरुले शपथ पत्रमा नामसहित हस्ताक्षर गरेका छन् ।
उनीहरुले नेपाली र भातृभाषामा हस्ताक्षर गरेपछि नेपालको प्रति लोगो लगाएका थिए । सपथ ग्रहण कार्यक्रममा सहभागी सासदहरु विभिन्न पोसाकमा सजिएर आएका थिए। सपथ ग्रहण सकिए लगतै उनीहरु एक आपसमा सामुहिक तथा सेल्फी फोटो खिच्न पनि व्यस्त रहेका छन् । अहिले नयाँ सासदहरु जलपानपानमा सरिक छन् । गत मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित प्रतिनिधिसभाका दुई सय ७५ सांसदले आज शपथ लिएका हुन् ।