काठमाडौँ । विश्वकप फुटबलमा क्रोएसिया नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा बेल्जियमलाई गोलरहित बराबरीमा रोकेपछि क्रोएसिया समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।
दोस्रो हाफमा बेल्जियमले गोल गर्ने अवसर पटक पटक खेर फालेपछि टोली अघि बढ्न सकेन । यस नतिजाले मोरक्को आफ्नो खेलमा जित हासिल गर्दै अघि बढेको छ । मोरक्कोले क्यानडालाई २–१ ले हरायो ।
यस समूहमा मोरक्को ७ अंकका साथ शीर्ष स्थानमा रहेर अन्तिम १६ मा पुग्यो । क्रोएसिया ५ अंकका साथ दोस्रो भयो । ४ अंक जोडेको बेल्जियम समूहबाट बाहिरिँदा क्यानडाले अंक जोड्न सकेन ।