राप्रपा कुनै दलको पुच्छर बन्दैन : अध्यक्ष लिङ्देन

sf7df8f}F, * ;fpg . g]kfn sDo'lgi6 kf6L{sf ;+:yfks dxf;lrj k'iknfnsf] $$cf}+ :d[lt lbj;sf] ;Gbe{df ljZjsf] e"–/fhgLlts tgfj / g]kfnsf] kl/l:ylt c+;nUgtf / /fli6«otfsf r'gf}lt ljifos hgjx; sfo{qmdnfO{ ;Daf]wg ub}{ g]kfn /fli6«o k|hftGq kf6L{sf cWoIf /fh]G› lnËb]n . t:jL/ M rG›snf If]qL, /f;;


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका छन् । राप्रपाबाट निर्वाचित सांसदलाई स्वागत तथा बधाई दिन आज आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका हुन् ।

“राप्रपाले सरकारमा नजाने भनेर कसम पनि खाएको छैन, आगामी दिनमा के गर्दा आफ्ना एजेन्डा र मान्यता स्थापित हुन्छन्, सोहीअनुसार अगाडि बढ्नुपर्छ,” उनले भने ।


अध्यक्ष लिङ्देनले राप्रपा कुनै दलको पुच्छर नबन्ने स्पष्ट पारे । उनले कुनै सरकारमा जानु परेमा वा कसैलाई समर्थन गर्नु परेमा कारणसहित गर्ने उल्लेख गरे । निर्वाचनबाट राप्रपाले उकालो यात्रा सुरु गरेको उनको भनाइ थियो ।

अध्यक्ष लिङ्देनले पार्टीलाई सही ढङ्गले परिचालन गर्न नसक्दा प्राविधिकरूपमा धेरै मत नआएको भन्दै उनले जनताको मन भने जितेको बताए । उनले पार्टीमा योगदान गरेका क्षमता र सम्भावना भएका नयाँ व्यक्तिलाई सांसद बनाइएको स्पष्ट पारे ।