बालेन भन्छन् – राजा फर्काउँछु, चाहिन्न र मार्छु भन्ने तीनवटै सरकारमा



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले नयाँ सत्ता गठबन्धनप्रति टिप्पणी गरेका छन् । आइतबार साँझ सामाजिक संजालमार्फत मेयर साहले नयाँ सत्ता गठबन्धनलाई राजा फर्काउँछु भन्ने र राजा चाहिन्न भन्नेबीचको सम्झौता भएको टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्, राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने, र राजा मार्छु भन्ने तीनटै सरकारमा । हामी प्रजा सधै सास्तीमा ।’ माओवादी अध्यक्ष प्रचण्ड नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन जना स्वतन्त्र सांसदसहितको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका छन् ।


यसअघि शनिबार मेयर साहले नयाँ सांसदहरूलाई लक्षित गर्दै भनेका थिए, ’नयाँ सांसदहरू, नयाँ गफाडीहरू, उही पुरानो देश, उही पुराना व्यापारीहरू।’