काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई नेताबीच सरकारको न्यूनतम साझा न्यूनतम कार्यक्रम, सरकार विस्तार लगायतका विषयमा छलफल भएको बताइएको छ ।
बिहीबार बसेको सत्ता साझेदार दलको बैठकले न्यूनतम साझा कार्यक्रम पाँच दिन भित्र ल्याउने निर्णय गरेको छ । त्यसका लागि एमाले अध्यक्ष ओलीलाई संयोजक तोकिएको छ ।