काठमाडौँ । नेपाल सुनचाँदी व्यवसाय महासघंले आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको जनाएको छ ।
जसअनुसार सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा पुगेको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला ९९ हजार १०० रुपैयाँ थियो ।
यसैगरी, आइतबार २५ रुपैयाँले बढेको चाँदीको मूल्य एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।