प्यालेस्टाइनका प्रधानमन्त्री मोहम्मद इश्तेयले शुक्रबार इजरायलसँगको द्वन्द्व अन्त्य गर्न मध्यपूर्वमा शान्ति स्थापनार्थ पहल गर्न संयुक्त राष्ट्रसंघलाई आह्वान गरेका छन् ।
संयुक्त राष्ट्र संघको पश्चिम एशियाको आर्थिक तथा सामाजिक आयोगले प्यालेस्टिनीसँगको अन्तरराष्ट्रिय ऐक्यबद्धता दिवसको उपलक्ष्यमा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना गरेको भर्चुअल बैठकमा इष्टायले यस्तो टिप्पणी गरेका हुन् ।
उनले संयुक्त राष्ट्रसंघका सदस्यहरूलाई “संयुक्त राष्ट्रसंघमा पूर्ण सदस्यता प्राप्त गर्न प्यालेस्टाइनको आवेदनलाई समर्थन गर्न, प्यालेस्टाइनमा आम चुनाव गराउन इजरायललाई दबाब दिन र प्यालेस्टाइनीहरू विरुद्ध गरेको अपराधको लागि इजरायललाई जवाफदेही बनाउन” आग्रह गरेका हुन्।
प्यालेस्टाइनीहरू सन् १९६७ मा इजरायलले कब्जा गरेको प्यालेस्टिनी भूभागमा इजरायलसँगै एउटा स्वतन्त्र राज्य स्थापना गर्न चाहन्छन् जसमा वेस्ट बैंक र गाजा पट्टी पनि छ । जसको राजधानी पूर्वी जेरुसेलम हो ।
यसै बीच मङ्गलबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टिनी जनतासँग एकताको अन्तरराष्ट्रिय दिवसमा दुई-राज्य समाधानको आवश्यकतालाई पुन: पुष्टि गरेका छन्।
“संयुक्त राष्ट्रसंघको अडान स्पष्ट छ- शान्ति स्थापना हुनपर्छ र यस क्षेत्रमा बल प्रयोगका गतिविधि अन्त्य हुनुपर्छ। हामी दुई राज्यहरू – इजरायल र प्यालेस्टाइन – शान्ति र सुरक्षामा एक साथ अगाडि बढ्ने वातावरण बन्नुपर्छ ” उनले सन्देशमा भनेका छन्।