पूर्वराजा शाहद्वारा जानकी मन्दिरमा विशेष पूजापाठ



जनकपुरधाम । पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार जनकपुरधामस्थित जानकी मन्दिरमा विशेष पूजापाठ गरेका छन् । जानकी मन्दिरमा पूर्वराजालाई स्वागत गर्नका लागि रातो कार्पेट ओछ्याइएको थियो ।

सो अवसरमा मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोसन दासले पूर्वराजालाई मायाको चिनो प्रदान गरेका थिए । पूजापाठपछि उनी यात्री निवास गेष्ट हाउस गएका थिए । शुक्रबार दिउँसो यहाँ आइपुगेका पूर्वराजा साँझ गङ्गा सागरमा दैनिक आयोजना हुने महागङ्गा आरतीमा सहभागी भएका थिए । पूर्वराजासँग पूर्वरानी कोमल शाह पनि साथमै छिन् ।