नयाँ सरकार बनाउन वार्ता चलिरहेका बेला सीके राउत पनि बालकोटमा



काठमाडौँ । नयाँ सरकार बनाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा नेताहरुको जमघट भइरहेका बेला उक्त छलफलमा सहभागी हुन जनमत पार्टीका अध्यक्ष सीके राउत पनि पुगेका छन् ।

एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुबीच छलफल चलिरहेका बेला राउत पनि बालकोट पुगेका हुन् । राउतले प्रचण्डले बोलाएर आफू बालकोट पुगेको प्रतिक्रिया दिएका छन् । ‘म बुझ्न आएको हुँ । प्रचण्डजीले बोलाउनुभएको हो ।’ उनले भने ।


राउतले बारम्बार आफ्नो पार्टी सरकारमा जान तयार रहेको बताउँने गरेका छन् ।