दोलखामा एमालेका शिवाकोटीको अग्रता कायमै



दोलखा । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले अग्रता कायमै राखेका छन् ।

हालसम्म ४४ हजार नौ सय ४१ मतगणना हुँदा उहाँले १९ हजार सात सय ४४ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का गङ्गा कार्कीले १८ हजार तीन सय ८५ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।