चार वर्षको स्वनिर्वासनपछि स्वदेश फर्किए पाकिस्तानी प्रधानमन्त्रीका छोरा



पाकिस्तानी प्रधानमन्त्री सहबाज सरिफका छोरा सुलेमान सहबाज चार वर्षको स्वनिर्वासनपछि पाकिस्तान फर्किएका छन्  । इस्लामावाद उच्च अदालतले संघीय अनुसन्धान एजेन्सी (एफआईए) र राष्ट्रिय जवाफदेहिता ब्यूरो (एनएबी) लाई उनलाई पक्राउ गर्न रोक लगाएको केही दिनपछि सुलेमान सहबाज आइतबार बिहान पाकिस्तान फर्किएको डनले रिपोर्ट गरेको छ ।

शहबाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लीग (एन) ले सुलेमान शहबाज स्वदेश फर्केको भिडियो ट्विटरमा सेयर गरेको छ ।भिडियोमा सुलेमान शहबाजले आफ्नो बुबालाई भेटेको र दुवैले अंगालो हालेको देखाइएको छ। भिडियोमा सेहबाज सरिफले सुलेमानलाई माला लगाएका छन् । भिडियोमा प्रधानमन्त्रीका विशेष सहायक अताउल्लाह तरार पनि देख्न सकिन्छ ।


बिहीबार इस्लामाबाद उच्च अदालतले सुलेमान शहबाजलाई १३ डिसेम्बरसम्म अदालतमा आत्मसमर्पण गर्न निर्देशन दिएको थियो।