नासाको ओराइअन स्पेस क्याप्स्यूल चन्द्रमाको परिक्रमा गरेर पृथ्वीमा फर्किएको छ । प्रक्षेपण गरिएको २६ दिनपछि अन्तरिक्षयात्री बोक्न निर्माण गरिएको उक्त यानले प्रशान्त महासागरमा अवतरण गरेको हो ।
नासाले यो यान प्रयोग गरेर सन् २०२६ सम्ममा चन्द्रमामा फेरि मानव पठाउने योजना बनाएको छ । नासाको उक्त अभियानलाई ‘आर्टमिस’ नामकरण गरिएको छ।
ग्रीक मिथकअनुसार आर्टमिस अपोलोकी बहिनी हुन्। उनलाई चन्द्रमाकी देवी मानिन्छ ।