कांग्रेस संसदीय दलको मतदान सकियो, केहीबेरमा गणना हुँदै



काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि भएको मतदान सम्पन्न भएको छ ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बिहान ८ बजेबाट सुरू हुने भनिएको मतदान केहीबेर ढिला सुरू भएको थियो। झन्डै २ घन्टापछि मतदान सकिएको हो।


अब केहीबेरमा मतगणना सुरू हुनेछ। कांग्रेस संसदीय दलको नेता छान्न ८९ जना सांसदले मतदान गरेका छन्। ८९ सांसदमध्ये ८८ जनाले सिंहदरबारस्थित मतदान केन्द्रमै मत खसालेका थिए। भोजपुरकी सांसद माया राईलाई मतदान गराउन भने प्रतिनिधिहरू अस्पतालमै पुगेका थिए।

उनी सुत्केरी भएकाले ओम अस्पतालमा छिन् । उनलाई अस्पतालबाटै मतदान गराउन समिति सदस्यहरु मतपत्र लिएर गएको निर्वाचन समितिका सदस्य प्रकाश स्नेहीले जानकारी दिए।

संसदीय दलको नेताका लागि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन्।