हुम्लाकाे डाँफे मतदान केन्द्रमा झडप, एक प्रहरी घाइते



सिमकाेट । हुम्लाको एक मतदान केन्द्रमा झडप हुँदा एक जना प्रहरी सहायक निरीक्षक घाइते भएका छन् ।

जिल्लाको चङ्खेली गाउँपालिका वडा नम्बर ५ स्थित डाँफे मतदान केन्द्रमा झडप हुँदा त्यहाँ कार्यरत असई राम कुमार चौधरी घाइते भएका हुन् ।


वारेसनामा भोट हाल्न नदिएको विषयमा बढेको विवादपछि झडप भएको थियो । झडपलाई नियन्त्रण गर्नका लागि अहिले मतदान रोकिएको हुम्लाकी प्रमुख जिल्ला अधिकारी सिता परियारले जानकारी दिइन् ।