सुदूरपश्चिममा शक्तिशाली भूकम्प : डोटीमा भूकम्पले घर घत्किदा ६ जनाको मृत्यु



काठमाडौँ । बुधबार मध्यराति डोटी केन्द्रविन्दु बनाएर ६.६ म्याग्निच्युडको भूकम्प गएको छ ।

डोटीको खप्तड राष्ट्रिय निकुन्ज आसपासलाई केन्द्रविन्दु बनाएर बुधबार बिहान २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । मंगलबार मंगलबार साझ पनि ५.७ र ४.१ म्याग्निच्युडका भुकम्प डोटीलाई नै केन्द्रविन्दु बनाएर गएको थियो ।


भूकम्पले ग्रामीण भेगका दर्जनाैं घरहरू भत्किएका छन् । पूर्वीचाैकी गाउँपालिकाकाे वडा नम्बर ३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर ६ जनाकाे मृत्यु भएकाे र १ जना उद्धार गर्न बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भाेला भट्टले जानकारी दिएका छन् । ५ जना घाइते रहेका र तिनीहरूकाे उपचारका लागि अस्पताल ल्याइएकाे भट्टले बताए ।

पूर्वीचौकी गाउँपालिकाको वडा नम्बर ३ गैरागाउँमा घर भत्किदा च्यापिएर ६ जनाको मृत्यु भएको र १ जनाको उद्धार गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोला भट्टले जानकारी दिएका छन् । ५ जना घाइते र तिनीहरूको उपचारका लागि अस्पताल ल्याइएको भट्टले बताए ।

थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाकाे टाेली घटनास्थल पुगिसकेकाे र स्थानीयसहितकाे टाेलीले उद्धार गरिरहेकाे प्रहरीले जनाएकाे छ ।