सीता दाहालको स्वास्थ्य अवस्था जटिल, अस्पताल भर्ना



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ ।

स्वास्थ्य अवस्था पुन: जटिल बनेपछि उनलाई शनिबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । हाल उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।


सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छिन् । यसअघि १५ दिन अस्पताल बसाइपछि कात्तिक १४ गते डिस्चार्ज गरिएको थियो ।