सिन्धुली–२ (१) मा कांग्रेसका छेत्रबहादुर बम्जन विजयी



सिन्धुली । सिन्धुली–२ (१) मा नेपाली कांग्रेसका छेत्रबहादुर बम्जन विजयी भएका छन् । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार बम्जनले नेकपा (एमाले)का विनोदकुमार खड्कालाई पाँच हजार दुई सय तीन मतान्तारले पछि पार्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए ।

बम्जनले १६ हजार आठ सय ३५, खड्काले ११ हजार छ सय ३३ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेशविक्रम बस्नेत क्षेत्रीले १८ हजार आठ, मङ्गोल नेशनल अर्गनाइजेशनका वोजनकुमार वलले दुई सय १६, नेपाल मजदुर किसान पार्टीका सङ्गीता दुवालले एक सय ३५ मत प्राप्त गरेका छन् ।