सिन्धुपाल्चोक २ मा कांग्रेसको अग्रता



सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा कांग्रेसको अग्रता कायमै रहेको छ । सिन्धुपाल्चोक क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार मोहन बस्नेतले अग्रता कायम गरेका छन् ।

जारी मतगणनामा बस्नेतले तनि हजार एक सय ७५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी एमालेका शेरबहादुर तामाङले एक हजार आठ सय ७५ मत प्राप्त गरेका छन् ।


प्रदेशसमा ‘१’ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका युवराज दुलालको अग्रता रहेको छ । उनले तीन हजार ३५ मत पाएका छन् भने एमालेका अमानसिं तामाङले एक हजार आठ सय ३३ मत पाएका छन् ।

हालसम्म क्षेत्र नम्बर २ को इन्द्रावती गाउँपालिकाको चार वटा वडा गणना सम्पन्न भएकोे छ ।