सप्तरी– १ मा कांग्रेसको अग्रता



सप्तरी । सप्तरी क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

सप्तरीको कञ्चनरुप नगरपालिका–८ स्थित सर्वोदय माध्यमिक विद्यालयमा जारी रहेको मतगनणामा लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रामदेव साहले छ सय ९२ मत प्राप्त गरेर सुरुआती अग्रता लिएका हुन् ।


उनलाई एमाले–जसपा गठबन्धनका तर्फबाट जसपाका उम्मेदवार नवलकिशोर साहले चार सय ७८ मत ल्याएर पछ्याइरहनेका छन् । यस्तै जनमत पार्टीका जयकान्त राउतले चार सय ४३ मत प्राप्त गरेका छन् ।