संविधान रक्षाका लागि गठबन्धनको सरकार जरूरी छ : दाहाल

cWoIf bfxfn–;Daf]wg s0ff{nL, @( sflQs . g]skf -dfcf]jfbL s]Gb|_sf cWoIf k'iksdn bfxfn …k|r08Ú dªunaf/ b}n]vsf] b'Nn'df u7aGwg bnåf/f cfof]lht ljzfn hg;efnfO{ ;Daf]wg ub}{ . tl:a/ M z'/axfb'/ l;+x, /f;;


माेरङ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस र कम्युनिस्ट पार्टी मिलेमा मात्र देशमा ठूलो परिवर्तन हुने बताएका छन् । मोरङ निर्वाचन क्षेत्र नं ६ आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले अहिले संविधानको रक्षा गर्नका लागि पनि गठबन्धनको सरकार देशमा आउन जरूरी रहेको उल्लेख गरे ।

जनताको जीवन परिवर्तन गर्ने गरी आर्थिक क्रान्ति नभएकाले चुनावपछि गठबन्धनको सरकार गठन गरेपछि लक्ष्यअनुसार काम गरेर देशलाई विकास र समृद्धितर्फ अघि बढाउन जरुरी रहेको उनको भनाइ थियो । उनले भने, “गठबन्धनको लहर देशैभर आएकाले अब हाम्रो सरकार बनेर अघि बढ्छ ।”


माओवादी केन्द्र र नेपाली कांग्रेस मिलेपछि मात्रै देशमा शान्ति आएको दाहालले उल्लेख गरे । “हामी जतिबेला नेपाली कांग्रेस र कम्युनिस्ट मिलेर अघि बढेका छौँ, देशमा ठूलाठूला परिवर्तन भएका छन् । जतिबेला हामीले आपसमा विवाद गरेका छौँ, देश निकै अप्ठ्यारोमा गएको छ”, उनले भने, “विस्तृत शान्ति सम्झौताको हस्ताक्षर गरेकै दिन गिरिजाबाबुतिर फर्किएर मैले ‘जय नेपाल’ भनेको हुँ र गिरिजाबाबुले पनि मतिर फर्किएर लालसलाम भन्नुभएको हो ।”

नेकपा (एमाले) नेतृत्वको गठबन्धनले देशलाई पछाडितिर धकेल्न खोजेको आरोप दाहालले लगाए । उनले मङ्सिर ४ को चुनाव एक प्रकारको जनमत सङ्ग्रह भएको बताए ।