विराटनगरको कोल्डस्टोरमा ग्यास लिक हुँदा निसासिएर १ जनाको  मृत्यु



विराटनगर । विराटनगर ४ मा रहेको रामजानकी कोल्ड स्टोरमा ग्यास लिक हुँदा निसास्सिएर एक जना कामदारको मृत्यु भएको छ ।  

कोल्ड स्टोरमा बिहीबार दिउँसो अचानक ग्यास लिक हुँदा  निसासिएर कोल्ड स्टोरका कामदार विराटनगर–५ का ५४ वर्षीय रौदी चौधरीको मृत्यु भएको हो । चौधरी कोल्ड स्टोरका मिस्त्री हुन् ।


कोल्ड स्टोरभित्र ग्यास लिक भएपछि निसासिएर बेहोस भएको अवस्थामा चौधरीलाई फेला पारिएको र उपचारको क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।