रुपन्देही । रूपन्देही-३ मा गृहमन्त्री बालकृष्ण खाँणलाई पछि पार्दै राप्रपाका दीपक बोहराले अग्रता कायम गरेका छन् ।
पछिल्लो मतपरिणामअनुसार राप्रपाका बोहराले चार हजार १७० मतसहित अग्रता लिएका छन् । उनलाई नेकपा एमालेले समर्थन गरेको छ ।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रहेका खाँणले तीन हजार ९१९ मत प्राप्त गरेका छन् । रूपन्देहीको पाँचवटै निर्वाचन क्षेत्रमा मतगणना जारी छ । रूपन्देही निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि गृहमन्त्री बालकृष्ण खाणको पनि उम्मेदवारी परेको हुँदा अहिले यो क्षेत्रलाई सर्वाधिक चासोका साथ हेरिएको छ ।