रुपन्देही-१ मा एमालेका छबिलाल विश्वकर्मा निर्वाचित, घनश्याम भुसाल पराजित



बुटवल । रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका छबिलाल विश्वकर्मा निर्वाचित भएका छन्।

विश्वकर्मा लोकतान्त्रिक वाम गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाललाई ३५६४ मतले पराजित गर्दै विजयी भएका हुन्।


विश्वकर्माले २४ हजार ८७२ मत प्राप्त गरेका छन् भने भुसालले २१ हजार ३०८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

त्यस्तै प्रतिस्पर्धामा रहेका नागरिक उनमुक्ति पार्टीका धनीराम चौधरीले १३ हजार ९४६,राष्ट्रिय स्वतन्त्र पार्टीका नरेश बहादुर पछाईले १४ हजार १३८ र स्वतन्त्र उम्मेदवारी दिएका टिकाराम चापागाईंले ३४ सय ८८ मत प्राप्त गरेका छन्।