वालिङ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको स्वाभिमान रक्षाका लागि एमालेको सरकार आवश्यक रहेको बताएका छन् ।
स्याङ्जा सदरमुकामस्थित टुँडिखेलमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले मुलुकको भविष्य बनाउन, देशको रक्षा, ‘समृद्ध नेपाल, सुखी नेपाली’ एमालेको सरकारबाट मात्रै सम्भव रहेकाले मङ्सिर ४ पछि एमालेको सरकार आवश्यक रहेको बताए ।
“देशको भविष्य उज्यालोतर्फ लैजाने कि अँध्यारोतर्फ भन्ने फैसला गर्ने दिन मङ्सिर ४ गते हो”, उनले भने, “देशलाई उज्यालोतर्फ लैजाने नै हो भने नेकपा एमालेलाई विजयी गराउन मतदातालाई अनुरोध छ ।”