राज्यमन्त्री श्रेष्ठले गरे चितवन २ बाट मतदान



भरतपुर । प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ भरतपुर महानगरपालिका–५ स्थित तोरीखेत स्कूल केन्द्रमा मतदान गरेका छन् ।

नेपाली कांग्रेसका नेता श्रेष्ठ यसपटक सत्ता गठबन्धनको तर्फबाट चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत छन् । उनले नेकपा एमालेका कृष्णभक्त पोखरेलसँग चुनावी प्रतिस्पर्धामा छन् ।