काठमाडौँ । राजश्व अनुसन्धान विभागले ४५ करोड रुपैयाँभन्दा बढी बिगो र जरिवानाको माग गर्दै काठमाडौंको कुलेश्वरको अंकुश सप्लायर्सका प्रमुख प्रवीणकुमार महतो र युनिक ट्रेडर्स एन्ड सप्लायर्सका आत्मराम पासवानविरुद्ध उच्च अदालत पाटनमा राजस्व चुहावटको मुद्दा दायर गरेको छ ।
विभागले सोमबार उनीहरूविरुद्ध २२ करोड ६३ लाख रुपैयाँ बिगो र बिगो बराबरकै सजाय हुने गरी ४५ करोड २७ लाख ६२ हजार रुपैयाँ जरिवानाको माग गर्दै मुद्दा दायर गरेको हो ।
अंकुश ट्रेडर्स र युनिक ट्रेडर्सले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त नक्क्ली तथा झुटा भ्याट बिल खरिद गरेर वित्तीय विवरणहरू तयार गरी कर छलेको राजस्व विभागले जनाएको छ ।