रवि लामिछानेले गरे काठमाडौंको महांकालमा मतदान



राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदान गरेको छन् । उनले आइतबार बिहान काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मत खसालेका हुन् ।

चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार लामिछानेले आफूले आफैंलाई भने भोट हाल्न पाएनन् । मतदाता नामावलीमा उनको नाम चितवनमा नभएकाले आफूले आफैंलाई मत हाल्न नपाएका हुन् ।