युद्धरत खेर्सन क्षेत्रबाट सर्वसाधारणलाई हटाइने पुटिनको भनाइ, द्वन्द्व चर्किने सङ्केत



रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दक्षिणी युक्रेनको मस्को अधिनस्थ खेर्सनबाट सर्वसाधारणलाई बाहिर निकाल्नुपर्ने बताएका छन् ।

मस्कोले एकता दिवस मनाइरहँदा पुटिनले युक्रेनको कब्जामा रहेका क्षेत्रका युवा स्वयंसेवकहरूलाई रेड स्क्वायरमा सम्बोधन गर्दै भने, “खेरसनमा बस्नेहरूलाई लडाइँको खतरायुक्त क्षेत्रबाट हटाउनुपर्छ ।“ रूसले आणविक हतियारको प्रयोग गर्नसक्ने भन्ने हल्ला चलिरहेका समय रूसको यो भनाइ आएको हो ।


यसैबीच जर्मनीका चान्सलर ओलाफ स्कोल्जले युक्रेन युद्धमा कुनै पनि आणविक हतियारको प्रयोगको जर्मनी र चीनले विरोध गरेको बताएका छन् । “हामी सबैलाई थाहा छ युक्रेनमा युद्धको बिस्तारले हामी सबैका लागि नकारात्मक परिणाम दिनेछ,” स्कोल्जले पत्रकारहरूसँग भने ।

रणनीतिक आणविक अस्त्रको प्रयोगबाट तनाव बढ्ने सम्भावनालाई विश्व समुदायले स्पष्ट रूपमा रूसलाई बताउनुपर्ने र युद्ध अन्त्यका लागि भूमिका निर्बाह गर्नुपर्ने अति आवश्यक भएको छ ।