मोरङ-५ ‘क’ मा कांग्रेसका गयानन्द विजयी



मोरङ । मोरङ-५ ‘क’ मा नेपाली कांग्रेसका गयानन्द मण्डल गनगाई विजयी भएका छन् । १४ हजार ८ सय ४३ मत ल्याएर मण्डल प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनले नेकपा एमालेका उम्मेदवार सन्तोष कुमार साहलाई ५ हजार चार सय ४१ मतले मण्डलले पराजित गरेका हुन् । एमाले उम्मेदवार साहले ९ हजार ४ सय २ मत ल्याएका छन् ।


मण्डल निर्वाचित भएको औपचारिक घोषणा भने निर्वाचन अधिकृतको कार्यालय केही बेरमा पछि मात्रै गर्ने जनाएको छ ।