काठमाडौँ । परराष्ट्र मन्त्रालयका अधिकृत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ । बिहीबार साँझ हनुमानस्थानबाट अनामनगर चोकतर्फ जाँदै गरेको प्रदेश ३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकलले पैदल उनलाई ठक्कर दिएको थियो ।
अनामनगरमा बस्दै आएकी सुब्बालाई उपचारका लागि काठमाडौं मोडल अस्पतालमा लगिएको थियो। अस्पतालले उनलाई मृत्यु घोषणा गरेको हो। अधिकृत सुब्बा मन्त्रालयको राष्ट्र संघ महाशाखामा कार्यरत थिइन्।