भोजपुरमा मतगणना सुरु



भोजपुर । भोजपुरमा मतगणना सुरु भएको छ । आज बेलुका ७ बजेदेखि गणना सुरु भएको हो ।

अहिले प्रतिनिधिसभा र प्रदेशसभा (१) को गणना सुरु भएको मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेले जानकारी दिए । भोजपुर नगरपालिकाको सभाहलमा मतगणना भइरहेको छ । यहाँमा ५० दशमलव ३९ प्रतिशत मत खसेको छ ।


कूल एक लाख २३ हजार तीन सय ७९ मतदातामध्ये ६२ हजार एक सय ८१ जना मतदाताले मतदान गरेका गरेका छन् । यहाँका नौ वडा स्थानीय तहका ८७ वटा मतदानस्थलको एक सय ५७ मतदान केन्द्रमा सौहाद्र्रपूर्ण वातावरणमा मतदान सम्पन्न भएको थियो ।