बैतडीमा एमालेको अग्रता कायमै



बैतडी । बैतडीको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेकपा एमालेका दामोदर भण्डारीले अग्रता कायम राखेका छन् ।

हालसम्म चार हजार ५२८ मत गणना हुँदा भण्डारीले दुई हजार १७४ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए ।


उनलाई लोकतान्त्रिक वाम–गठबन्धनकातर्फबाट नेकपा (माओवादी केन्द्र)का नरेन्द्र कुँवर (विजयसुन्दर)ले एक हजार सात सय मतका साथ पछ्याइरहेका छन् ।