पर्सा–४ मा कांग्रेसका उम्मेदवार रमेश रिजाल विजयी



पर्सा । पर्सा निर्वाचन क्षेत्र नं ४ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजाल निर्वाचित भएका छन् । पर्साको पोखरयास्थित जिल्ला उचाङ्ग रामदेव दास उच्च माविमा जारी मतगणनामा नेकपा (एमाले) उम्मेदवार जालिम मियाँलाई पाँच हजार पाँच सय ३० मतान्तरले रिजाल विजयी भएका हुन् ।

बैसठ्ठी हजार चार सय ९६ मत गणना गर्दा एमाले उम्मेदवार मियाँले २५ हजार छ सय १२ मत प्राप्त गरेकामा कांग्रेस उम्मेदवार रिजालले ३१ हजार एक सय ४२ मत हासिल गरी विजयी भएको पर्साका मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए ।