काठमाडौँ । निर्वाचन आयोगले नेपाल वायुसेवा निगमले मात्र गरिरहेको ग्राउण्ड ह्यान्डलिङ्गको कार्य हिमालय एयरलाइन्सले गरेको हो होइन भन्ने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जवाफ पठाउन पत्र पठाएको छ ।
चुनावको मुखमा एनएसीको मुख्य आम्दानीमा कैँची लगाउँदै हिमालयलाई ग्राउण्ड ह्यान्डलिङ अनुमति’ भन्ने व्यहोराको समाचार सञ्चारमाध्यममा प्रकाशन भएकोप्रति ध्यानाकर्षण जनाउँदै आयोगले पठाएको पत्रमा भनिएको छ, ‘उल्लेखित सन्दर्भमा नेपाल वायुसेवा निगमले मात्र गरिरहेको ग्राउण्ड ह्यान्डलिङ्गको कार्य हिमालय एयरलाइन्सले समेत गर्ने गरी अनुमति प्रदान गर्न लागिएको हो, होइन ? यो पत्र प्राप्त भएको दुई दिनभित्र यथार्थ व्यहोरा खोली जवाफ पठाउनुहुन निर्णयानुसार अनुरोध छ ।’