नवलपरासी । नवलपरासी पश्चिमको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी निर्वाचित भएका छन् ।
सत्ता गठबन्धनको समर्थन पाएका उद्योगपति विनोद चौधरील जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीलाई पछि पर्दै निर्वाचित भएका हुन् ।
चौधरीले २९ हजार ४९५ मत पाउँदा त्रिपाठीले २२ हजार ३०८ मत पाए । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १२ हजार ४९९ मतका साथ तेस्रो स्थानमा सीमित भएका छन् ।