नवलपरासी पूर्व-१ मा डा शशांक कोइरालाको अग्रता



मध्यविन्दु । नवलपरासी पूर्वको प्रतिनिधिसभा-१ का उम्मेदवार नेपाली कांग्रेसका डा शशांक कोइरालाले अग्रता कायम गरेका छन् । कुल दुई हजार ४४३ मत गणना गर्दा कांग्रेस उम्मेदवार कोइरालाले एक हजार २५५ मत प्राप्त गरेका छन् ।

साथै, नेकपा (एमाले)का कृष्ण पौडेलले नौ सय १५ मत प्राप्त गर्नु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले ९६ मत प्राप्त गर्नुभएको छ भने राप्रपाका डा मोहनलाल भुसालले १४ मत प्राप्त गरेका छन् ।