धनुषा–३ सङ्घमा एमाले र प्रदेशमा जनमत पार्टीका उम्मेदवारको अग्रता



धनुषा । धनुषाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा एक हजार १७ मतगणना हुँदा सङ्घमा एमाले उम्मेदवार र प्रदेश १ मा जनमत पार्टीका उम्मेदवारको अग्रता रहेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं ३ का सूचना अधिकारी अञ्चलेशकुमार ठाकुरले अहिलेसम्म एक हजार १७ मतगणना हुँदा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार जुलीकुमारी महतो छ सय आठ मतसहित अग्रस्थानमा छन् । त्यसैगरी सत्ता गठबन्धनका उम्मेदवार अनिल झा तीन सय १५ मतसहित दोस्रो र जनमत पार्टीका उम्मेदवार शम्भुनाथ शाह दुई सय २० मतसहित तेस्रो स्थानमा रहेका छन् ।


प्रदेश १ मा भने जनमत पार्टीका उम्मेदवार प्रशन्नकुमार झा पाँच सय ७४ मतसहित पहिलो स्थानमा छन् । यहाँ नेपाली कांग्रेसका उम्मेदवार रामसरोज यादवले तीन सय ७९ र जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार जीतेन्द्रकुमार यादवले दुई सय ६४ मत प्राप्त गरेका छन् ।