धनुषा । धनुषा–३ मा नेकपा एमालेकी जुली महतो विजयी भएकी छन् । उनले सत्ता गठबन्धनका साझा उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झालाई ९६६९ मतान्तरले पराजित गरेकी हुन् ।
जुलीले जम्मा ३३ हजार ३५५ मत पाइन् भने अनिल झाले २३ हजार ६८६ मत ल्याएका छन् । समानुपातिकतर्फबाट दुई पटक सांसद भइसकेकी जुली पहिलोपटक प्रत्यक्षमा निर्वाचित भएकी हुन् ।