थप २ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४० जनामा गरिएको नमुना परीक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे । यस्तै सोही समयमा १४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।


स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल कोरोनाका सक्रिय संक्रमित ४२० जना रहेका छन् ।