थप तीन जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ । नेपालमा पछिल्लाे २४ घण्टामा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ३ सय २२ पिसिआर परीक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लाे २४ घण्टामा थप १५ जना काराेना संक्रमणमुक्त भएका छन् ।


 हाल नेपालमा ४ सय ३२ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।