तनहुँमा मतगणना सुरु



तनहुँ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । तनहुँ क्षेत्र नं २ को मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । क्षेत्र नं २ को मतगणना सुरु भइसकेको छ भने क्षेत्र नं १ को मतगढनाका लागि तयारी भइरहेको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए ।

जिल्लाका विभिन्न मतदान केन्द्रबाट मतपेटिका ढिलागरी आइपुगेको थियो । क्षेत्र नं १ को सर्वदलीय बैठकले २ बजेदेखि मतगणना गर्ने निर्णय गरेको थियो । जिल्लामा ५५ प्रतिशत मत खसेकामा क्षेत्र नं १ मा ५४दशमलव ३६ प्रतिशत र क्षेत्र नं २ मा ५४दशमलव ६२ मत खसेको छ ।


छ वटा गाउँपालिका र चार नगरपालिका गरी १० वटा स्थानीय तह रहेको यस जिल्लामा दुई प्रतिनिधिसभा सदस्य र चार प्रदेशसभा सदस्यको निर्वाचनका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ५७ उम्मेदवार प्रतिस्पर्धामा छन् । जिल्लामा दुई लाख ४८ हजार चार सय ९५ जना मतदाता रहेकामा निर्वाचन क्षेत्र नं १ मा एक लाख २३ हजार चार सय ९० र निर्वाचन क्षेत्र नं २ मा एक लाख २५ हजार पाँच मतदाता छन् ।