तनहुँ २ : कांग्रेसका भण्डारीको अग्रता कायमै, पछ्याउँदै गुरुङ



तनहुँ । तनहुँ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका शङ्कर भण्डारीले अग्रता कायमै छ । आज बिहान ११ः३० बजेसम्म सार्वजनिक मतपरिणामअनुसार भण्डारीले १६ हजार चार सय ९६ मत प्राप्त गरेका छन् ।

प्रतिस्पर्धी नेकपा (एमाले) का किरण गुरुङले १३ हजार सात सय ४८ मत प्राप्त गरेका छन् । हालसम्म ३६ हजार एक सय आठ मतगणना सकिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले दुई हजार तीन सय ५४ र राप्रपाका नरेन्द्रप्रताप महतले पाँच सय सात मत प्राप्त गरेका छन् ।


प्रदेश (१) तर्फ नेकपा (माओवादी केन्द्र)का राजेन्द्रकेशरी न्यौपानेले अग्रता लिएका छन् । न्यौपानेले छ हजार छ सय ३७ मत प्राप्त गर्दा नेकपा (एमाले)का श्यामराजा महतले पाँच हजार नौ सय १९ मत प्राप्त गरेका छन् । प्रदेश (२) तर्फ नेपाली कांग्रेसका जीतप्रकाश आलेले पाँच हजार पाँच सय ६० र नेकपा (एमाले)का केदार सिग्देलले चार हजार आठ सय ३७ मत प्राप्त गरेका छन् ।