झापा-५ : एमाले अध्यक्ष ओली साढे ३ हजार मतले अगाडी



झापा । झापा क्षेत्र नं. ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता कायम गरेका छन् ।

मंगलबार बिहान साढे ६ बजे निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको परिणाम अनुसार ओलीले ८ हजार ९७८ मत ल्याएर पहिलो स्थानमा छन् ।


उनका निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र पाण्डब अधिकारीले ५ हजार ४४८ मत ल्याएर पछ्याइरहेका छन् । जनता समाजवादी पार्टीकी ओममाया आङ्देम्बेले ८७ र जनमत पार्टीका ८६८ मत ल्याएका छन् ।