झापा-३ : राजेन्द्र लिङ्देनको अग्रता कायमै, पछ्याउँदै सिटौला



झापा । झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार राजेन्द्र लिङ्देनको अग्रता कायमै छ ।

पछिल्लो मत परिणामअनुसार लिङ्देनले १ हजार ६७३ मत ल्याएका छन् । सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले १ हजार ३३४ मत ल्याउँदै उनलाई पछ्याइरहेका छन् ।