चितवन-२ : एमालेका कृष्णभक्तको सुरूवाती अग्रता, रवि लामिछाने तेस्रोमा



काठमाडौँ । चितवन निर्वाचन क्षेत्र २ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता बनाएका छन् । जम्मा २०० मत गन्दा पोखरेलले ५३ मतका साथ अग्रस्थान कायम गरेका हुन् ।

कांग्रेसका उमेश श्रेष्ठले उनलाई पछ्याउँदै ३३ मत पाएका छन् । चर्चित उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ५ मत मात्र पाएका छन् ।


विभिन्न सर्वेक्षणहरुले यस क्षेत्रमा रवि लामिछानेले जित्ने भविष्यवाणीहरु गरिरहेका छन् । त्यसले मत गणना अघि बढ्दा लामिछानेले छिट्टै अग्रता बनाउन उनका समर्थकको विश्वास छ ।